Logo
Logo

नीतिगतरुपमै दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ : शेखर कोइराला


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० तत्काल खारेज गर्दै नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम रोक्नुपर्ने बताएका हुन् ।

उनले विधेयक संसद्बाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिने दावी गरे । नेता कोइरालाले कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई सचेत हुन आग्रह गरे ।

कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक ग¥यो भनी अब बस्ने समय नभएको भन्दै उनले आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी गर्ने सपथ खानुपर्ने बताए ।

त्यस्तै, कांग्रेस केन्द्रीय डा. प्रकाशशरण महतले अनावश्यक गालीगलौज र नेतृत्वलाई खुलाइने काम भए अगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित हासिल गर्न कठिन हुने धारणा राखे ।

त्यस्तै, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विधि र विधान कुरा गरेर कांग्रेसलाई कमजोर बनाउने काम भइरहेको भन्दै असन्तुष्टी जनाए । बढी महत्वकांक्षा राखेर विधि र विधान मिचेर हिँड्दा समग्र पार्टी नै कमजोर हुने उनले भनाइ थियो ।
त्यस्तै, उनले टिकट बाँड्ने क्रममा पनि आफूलाई हराउनकै लागि जानीजानी अर्को क्षेत्रमा पठाएपनि आफू सानदार जितका साथ आएको बताए ।

त्यस्तै, बैठकमा सदस्यहरुले पार्टीलाई बलियो बनाउनका लागि आरोप प्रत्यारोपभन्दा पनि नीतिलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेपछि कांग्रेस बैठक सोमबार अपरान्ह ३ बजे पुनः बोलाइएको छ । बैठक सोमबार सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्