Logo
Logo

प्रधानमन्त्रीले आज बंगलादेशका समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दै


1k
Shares

काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) बंगलादेशकी समकक्षी शेख हसिनासँग भेटवार्ता गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेससँग द्विपक्षीय भेट गर्ने कार्यक्रम तय भएको नेपाली राजदूतावास भियनाले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (एडिआइएफ) कार्यक्रमका अध्यक्षसँग पनि छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय भएको पनि भियनाले जानकारी दिएको छ ।

मंगलबार गैरआवासीय नेपाली संघ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्रीले त्यहाँ रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड ‘खाद्य प्रणाली रूपान्तरण–सफलता, चुनौती र आगामी यात्रा सम्बन्धी’ सम्बन्धी कार्यक्रममा भाग लिन शनिबार इटाली गएका दिए ।

प्रतिक्रिया दिनुहोस्