Logo
Logo

सामाखुशीबाट बाढीले बगाएका बालक खोज्न ९१ प्रहरी परिचालन


4.2k
Shares

काठमाडौं । काठमाडौंको रानीबारीस्थित सामाखुशी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् । आइतबार साँझ बाढीले बगाउँदा १३ वर्षीय बालक सुजन मगर वेपत्ता भएका थिए ।

सोमबार बिहान १२ बजेसम्म पनि उनी फेला परेका छैनन् । उनको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली खटाइएको प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

सामाखुसीमा खसेका बालक बगेर विभिन्न खोलामा पुगेको हुन सक्ने भएकाले छुट्टै प्रहरी परिचालन गरिएको छ । अहिले प्रहरी वृत्त बालाजुका १० जना र प्रहरी वृत्त सोह्रखुट्टेका १० जना र विपद् उद्धार महाशाखा सामाखुसीबाट २५ जनासहित ४५ जनाको टोलीले खोजी गरिरहेको छ ।

यस्तै बालकको खोजी गर्न सशस्त्र प्रहरी बलको पनि छुट्टै टोली खटिएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन तालिम प्राप्त ५६ जनाको संयुक्त टोली खटिएको छ ।

नं. १८ निलबाराही गणबाट डिएसपीको कमान्डमा २० जना, नं. २० विपद् उद्धार उपत्यका गणबाट इन्सपेक्टरको कमान्डमा १५ जना र नं. २४ बाघभैर गुल्मबाट इन्सपेक्टरको कमान्डमा २१ जना खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्