Logo
Logo

काठमाडौंकै अस्पतालका फार्मेसीमा म्याद सकिएका औषधि भेटियाे


693
Shares

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं उपत्यकाका तीनै जिल्लाका ठूला अस्पतालमा अनुगमन गरेका छन् ।

उनले सोमबार तीनै जिल्लाका औषधि व्यवस्था विभाग, सहायक सीडीयोलगायतलाई लिएर काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमन गरेका हुन् । सो क्रममा ठूला अस्पतालका फार्मेसीहरुमा म्याद गुज्रिएका र दर्ता नै नभएका औषधिहरु बिक्रीका लागि राखिएको पाइएको छ ।

मन्त्री बस्नेतले पत्रकारहरसँग बोल्दै भने, ‘अनुगमनका क्रममा डेट एक्स्पायर भएका, कतिपय बेच्नै नपाइने औषधिहरु समेत भेटिएको छ । एक्स्पायर औषधि नछुट्याई गोलमाल राखिएको र स्पष्ट बिल नबनाइएको पनि देखियो ।’

काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसी अनुगमनका लागि २० वटा टोली खटाइएको उनले जानकारी दिए । ‘उपत्यकाभित्र आजै अनुगमन सकिन्छ । बेलुकासम्म टोलीको निष्कर्ष आउँछ । त्यसैका आधारमा कारबाही प्रक्रिया अघि बढाइन्छ,’ मन्त्री बस्नेतले भने ।

मन्त्रीसहितको टोलीले वीर, पाटन अस्पताल तथा अल्का अस्पतालका फार्मेसी अनुगमन गरेको थियो । उपत्यकाबाहिर पनि विभागको टोलीले निरन्तर अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्