Logo
Logo

गगन थापाको प्रस्ताव- ०८२ सालभित्रै महाधिवेशन गरौँ


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विसं २०८२ सालभित्रै महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

उनले चुनावको मुखमा महाधिवेशन हुने र त्यसले पार्टीको आन्तरिक द्वन्दको असर चुनावमा देखिने भन्दै ०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बताए ।

थापाले पछिल्लो दिनमा नागरिकहरुलाई भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको बताएका छन् । ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ,’ थापाले बैठकमा भने, ‘गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।’

भोलि राम्रो हुनेमा विश्वास नागरिकमा नभएको उनले बताए । ‘यो निराशा एकदम डरलाग्दो छ । निराशाको व्यापार एकदम राम्रो छ । त्यस्तो व्यापार गर्नेहरु हाम्रो वरिपरि जताततै छन्,’ थापाले भने ।

महामन्त्रीका रुपमा प्रस्तुत गरिएको प्रतिवेदनमा कतिपयले लान्छना लगाएको उल्लेख गर्दै त्यसलाई वेवास्ता गर्ने सोच बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्