
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजे आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् ।
केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गते (मंगलबार) देखि पार्टीको केन्द्रीय कार्यालयमा जारी छ । कांग्रेसको केन्द्रीय समिति बैठक भोलि (बुधबार) समापन गर्ने तयारी छ ।














