Logo
Logo

एसपीको सरुवा, मकवानपुरमा सीताराम, काठमाडौंमा कुमोध




काठमाडौं । नियमित सरुवामा समय लाग्ने भएपछि प्रहरी प्रधान कार्यालयले केही ठाउँमा काज निकाल्न थालेको छ । जसअनुसार मकवानपुरमा एसपी सीताराम रिजाललाई पठाइएको छ । मकवानपुरमा कार्यरत एसपी वामदेव गौतमले ५५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि पद रिक्त भएको थियो ।


काठमाडौं परिसरमा यसअघि नै एसपी कुमोध ढुंगेलको सरुवा भएको थियो । कुनै समय प्रहरीमा सिंघम उपनामले चिनिने ढुंगेल पछिल्लो समय केही विवादमा समेत परे । त्यसकारण काठमाडौं परिसरमा उनलाई आफ्नो छवी फर्काउने अवसर छ ।
त्यस्तै, जिप्रका बारामा दधीराम न्यौपानेलाई पठाइएको छ । त्यहाँका डिएसपी पुरुषोत्तम पाण्डे अनियमिततामा संलग्न भएको खुलेपछि न्यौपानेलाई पठाइएको हो ।


प्रहरी प्रधान कार्यालयले अन्य केही जिल्ला र वृत्तमा पनि एसपी तथा डिएसपीको हेरफेरको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्