Logo
Logo
सुन तस्करी प्रकरण

विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई हटाइयो


5.7k
Shares

काठमाडौं । अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।

झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव धनिराम शर्माका अनुसार पोखरेलको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । पाण्डेय आइतबार मात्र राष्ट्रिय निजामती किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालय सरुवा भएर आएका थिए ।

पोखरेल बिदामा रहेकै बेला साउन ३ गते विमानस्थल भन्सार जाँच पास गरेर करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले सिनामङ्गलबाट पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्