Logo
Logo

एमाले संसदीय दलको बैठक बस्दै, संसद् अवरूद्ध गर्ने तयारी


4.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । एमालेले सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आज दिउँसो १ बजे बस्ने संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको हो ।

त्यसका लागि उसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । उनका अनुसार बैठकले संसद बैठक अवरुद्ध गर्ने र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने विषयमा आवश्यक निर्णय गर्नेछ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणमा गृहमन्त्रीकै संलग्नता रहेको भनि सामाजिक सञ्जालमा स्टाटस लेखेकै भरमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए । त्यसपछि गृहमन्त्रीको कमजोरी देखिएको भन्दै एमालेजनहरु गृहमन्त्रीप्रति आक्रोशित बनेका छन् ।

सोमबार राति कम्बोडियाबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री श्रेष्ठको आलोचना गरेका थिए । सुन काण्डमा गृहमन्त्रीले आफ्नो संलग्नता रहे, नरहेको प्रष्ट पार्नुपर्ने भन्दै एमालेले त्यत्तिकै नछाड्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्