Logo
Logo

खर्च विवरण बुझाउँदा पनि रवीन्द्र मिश्रलाई कारबाही ?


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुले समयमै निर्वाचन खर्च विवरण बुझाएपनि निर्वाचन आयोगमा कारबाहीको सूचीमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

आयोगले सूचना निकालेर गत मंसिर ४ मा भएको निर्वाचनको खर्च विवराण सार्वजनिक नगरेको भन्दै मिश्रसहित २४ सय ३५ उम्मेदवारलाई जरिवाना तोकिएको जानकारी गराएपछि उनले आपत्ति जनाएका हुन् ।

मिश्रले विज्ञप्ति जारी गर्दै आफूले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणको प्रतिलिपिसमेत सार्वजनिक गरी गरेका छन् । उनले यस्तो त्रुटि कसरी भयो भनी प्रश्न गरेका छन् ।

‘मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मंसिर २०७९ मा काठमाडौं क्षेत्र नं एकको निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ’, उनले भनेका छन्, ‘खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छापसहित दर्ता नं १० तोकेर बुझिलिएको थियो, जसको प्रतिलिपि यसै विज्ञप्तिसाथ संलग्न गरेको छु ।’

त्यसै दिन आफूले आफ्नो निर्वाचन खर्च विवरणबारे जारी गरेको प्रेस विज्ञप्ति प्रमुख सञ्चार माध्यमहरूमा प्रकाशन भएको पनि उनले उल्लेख गरेका छन् ।

उक्त विज्ञप्तिमा आफूलाई चुनावी अभियानमा शुभेच्छुकहरूबाट प्राप्त सहयोग रकम पनि उल्लेख गर्दै चुनावमा खर्च भएर बाँकी रहेको रु ८ लाख ५० हजार ‘काठमाडौं क्षेत्र नं १ सरोकार कोष’मा राख्ने जानकारीसमेत गराएको मिश्रले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्