
काठमाडौं । सामाखुसीबाट बाढीले बगाएका बालक अझै फेला पर्न सकेका छैनन् ।
आइतबार साँझ काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित एनसिएमटी अगाडि नालामा खसेर १२ वर्षीय साजन (विधान)आलेमगर बेपत्ता भएका थिए । तर उनी अझै फेला पर्न सकेका छैनन् ।
नेपाल प्रहरी, विपद व्वस्थापन टोली र सशस्त्र प्रहरी बलका टोलीले बालकको खोजी गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।
यस्तै, बालकको खोजी गर्न काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पनि पत्राचार गरेको छ ।














