Logo
Logo

भन्सार एजेन्ट पराजुलीको रिट न्यायाधीश चुडालको इजलासमा


3.3k
Shares

काठमाडौं । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

करिब १ सय किलो सुन तस्करी प्रकरणमा राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पराजुलीका तर्फबाट अधिवक्ता बिक्रम भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए । पराजुलीको उक्त रिट सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

‘रेडी ट्रेड प्रालि’ बुढानिलकण्ठले ‘ब्र्रेक सुल’को नाममा मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ सो सामान राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसमा करिब ८० देखि १ सय किलो सुन रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताउँदै आएका छन् । सुनको यकिन परिमाण आएको छैन ।

प्रतिक्रिया दिनुहोस्