Logo
Logo

बानेश्वरमा लघुवित्तपीडितको प्रदर्शन


1.2k
Shares

काठमाडौं । महिनौंदेखि आन्दोलनरत लघुवित्तपीडितहरूले आज (बुधबार) नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरूले संघिय राजधानी काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

लघुवित्तका कारण आफूहरू समस्या परेको भन्दै उनीहरू न्याय माग्दै काठमाडौं आइपुगेका हुन् । लघुवित्तका कारण धेरैले घरै छाड्न बाध्य भएको पिडितहरु बताउँछन् ।

बानेश्वरमा भएको प्रदर्शन रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच धकेलाधकेल भएको छ ।प्रदर्शनकारीहरू संसद्‍ भवन अगाडि गएर धर्ना गर्ने भन्दै त्यसतर्फ जान खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा पहिले संसद्‍ भवन घेराउ गर्ने र आफ्ना समस्या सुनाउने भन्दै त्यसतर्फ अगाडि बढिरहेका थिए । ७ महिनादेखि नै आन्दोलनरत लघुवित्तीय संस्थापीडितहरूले पछिल्लो पटक फेरि देशभरबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । पिडितहरुले यसअघि बालुवाटार, सिंहदवार घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्