Logo
Logo

अख्तियारको त्रास देखाउँदै सेक्युरिटी गार्डको ठेक्का




काठमाडौं । सेक्युरिटीको गार्डसम्बन्धि कतिपय ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा केही कम्पनीलाई धम्काउने गरिएको पाइएको छ । ‘के फोर सेक्युरिटी सर्भिस प्रालि’ का सञ्चालकले अख्तियारबाट फोन गर्न लगाएर ठेक्का हात पार्ने गरेका हुन् जसकारण व्यवसायीहरु हैरान भएका छन् ।


सो कम्पनीका चिफ अपरेशन अधिकृत राजुप्रसाद पाण्डे छन् । पाण्डे नेपाली सेनाबाट अवकाशप्राप्त कर्णेल हुन् । उनले अख्तियारमा रहेका आफन्त गरेर आफ्नो कम्पनीबाट सेक्युरिटी गार्ड लिन ठूला कम्पनीहरुलाई दबाब दिदै आएका छन् । सस्तोदरमा दक्ष सेक्युरिटी गार्ड अन्य कम्पनीले दिने भएपनि अख्तियारको डरले कतिपय कम्पनीले सोही कम्पनी छान्न बाध्य भएका छन् ।


‘एउटा अर्को कम्पनीलाई ठेक्का दिने सबै प्रक्रिया सकेर सम्झौतामा हस्ताक्षर गर्न लागेका थियौं । उहाँहरुकोबाट दबाब आएपछि रोकेर उहाँलाई नै दिन बाध्य भयौं,’ एक कम्पनीका सिईओले भने, ‘आफ्नो कम्पनीको काम आफ्नो खुशीले दिन समेत पाइएन ।’ ‘के फोर ‘सेक्युरिटी सर्भिस प्रालि’ले पशुपति क्षेत्र विकास कोष, ग्रान्डी अस्पताल, भाटभटेनी समूह, नविल बैंक, जगदम्बा समूह, सिजी ग्रुप, भेडिका ईन्क प्रालि लगायतका करिब चार दर्जन कम्पनीहरुको ठेक्का हात पारेको छ । अन्य ठूला व्यापारीलाई पनि पुरानो कम्पनी हटाएर आफ्नो राख्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्