Logo
Logo

‘होली वाइन’सम्बन्धि कार्यक्रममा ओली कम्बोडिया गएको खुलासा




काठमाडौं । विश्व शान्तिको नाममा धर्म प्रचारमा संलन विवादित संस्था यूनिभर्सल पिस फेडरेसनको कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली गत साता कम्बोडिया गएको खुलेको छ । त्यहाँको चुनावको पर्यवेक्षणका लागि भनेर गएको भनेर प्रचार गरिएको थियो ।


खासमा सो संस्था विभिन्न देशका नेतालाई बोलाएर एक गोष्ठि आयोजना गरेको थियो । सोही कार्यक्रममा जाने क्रममा उनी चुनावको एउटा बुथमा समेत पुगेको खुलेको छ ।


ओलीले संस्थाको कार्यक्रमलाई सम्बोधन समेत गरेका थिए । विवादास्पद नेता एकनाथ ढकालले ओलीलाई कम्बोडिया लिएर गएका हुन् । होली वाइनका नामले नेपालमा बदनाम रहेको संस्थाकै खर्चमा ओली त्यहाँ पुगेको स्रोत बताउँछ । यही सम्बन्धका कारण ओलीले परिवार दलका नेता एकनाथ ढकाललाई समानुपातिक सांसद बनाएको समेत आरोप पार्टीभित्रै लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्