काठमाडौँ । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको थियाे ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले साउन १५ गते बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका हुन् ।
आजै प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै पनि एमाले सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि प्रमुख सचेतक गिरीले बैठकमा बोल्दै सुन प्रकरणबारे छानबिन गर्न माग गरेका थिए ।














