Logo
Logo

बागी उठेर जित्नेहरूको कारबाही फुकुवा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसले दुई वर्षअघिको स्थानीय तह तथा गत मंसिरमा भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागी उठेर जितेका कार्यकर्ताको कारबाही फुकुवा गरेको छ ।

बुधबार केन्द्रीय कार्यसमिति बैठकका निर्णय सुनाउने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले बागी उठेर जितेका जनप्रतिनिधिको कारबाही फुकुवा भएको जानकारी दिए ।

फुकुवा भएकाहरु

१. देवेन्द्र शाही- जुम्ला (कर्णाली प्रदेशसभा सदस्य)
२. जंगीलाल राय- सर्लाही, (मधेश प्रदेशसभा सदस्य)
३. मनोजकुमार साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर
४. नवराज शाही, जिल्ला समन्वय समिति प्रमुख, दैलेख
५. प्रल्हादकुमार क्षेत्री, बर्दिबास नगरपालिकाका मेयर
६. तारादेवी खड्का, बर्दिबास नगरपालिकाकी उपमेयर
७. रामस्वगारथ यादव, बर्दिबास ९ का वडाअध्यक्ष
८. विन्देश्वर यादव, वडाध्यक्ष बर्दिबास, महोत्तरी
९. विजय महतो, वडाध्यक्ष बर्दिया
१०. प्रमोद मोक्तान, बर्दिबास, महोत्तरी
११. अक्कल तामाङ, बर्दिबास, महोत्तरी
१२. लक्ष्मण सिंह, बर्दिबास, महोत्तरी
१३. राजुसिंह कठायत, जुम्ला
१४. रूकुम तामाङ

प्रतिक्रिया दिनुहोस्