Logo
Logo

बुढानिलकण्ठ प्रभागका हवल्दार एक लाख घुससहित रंगेहात पक्राउ




काठमाडौं । प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंह घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।


स्थानीय कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गरिदिने भन्दै उनले घुस लिएका हुन् । पैसा दिए प्रभागबाट त्यसमा कुनै अवरोध नहुने भन्दै उनले बार्गेनिङ गरेका थिए । बुढानिलकण्ठ–२, वासिकबाट अख्तियारले उनलाई नियन्त्रणमा लिई विस्तृत अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्