Logo
Logo

घुससहित प्रहरीका वरिष्ठ हवल्दार पक्राउ


1.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनले सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा र उक्त रकमको स्रोत नखुलेको ६२ हजार ५१५ रुपैयाँसहित सहित पक्राउ गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्