
काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी समस्या समाधानका लागि यो विधेयक अघि बढाएको हो । अब यो विधेयक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन् ।
राष्ट्रपतिले प्रमाणित गरेपछि कानुन बन्नेछ । राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते बिहीबार दिउसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ ।














