
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अन्तर्गत भन्सार कार्यालयको निरीक्षण गरेका छन् ।
केहि दिनअघि एक सय केजी सुन विमानस्थलको भन्सार जाँचपासपछि बाहिरिएको घटनाले आलोचनामा परेका अर्थमन्त्री महतले बिहीबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।
उनले निरीक्षणका क्रममा भन्सार कर्मचारीसँग अवैध सुनबारे सोधपुछ गरेको अर्थ मन्त्रालयले जनाएको छ । विमानस्थल भन्सारबाट अवैध सुन पार गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री महतको संलग्नता रहेको दाबीसहित एमालेले राजीनामा माग्दै आएको छ ।
एक क्विन्टल अवैध सुन राजस्व अनुसन्धानको टोलीले ट्याक्सीबाट बरामद भन्सार विभाग र राजस्वले समेत छुट्टाछुट्टै समिति गठन गरेर छानबिन गर्दै आएका छन् । विमानस्थलका केही कर्मचारी र विभागीय प्रमुख नै फेरबदल भइसकेका छन् ।
भन्सारबाटै सुन तस्करी बढेपछि केहिदिनअघि मात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि विमानस्थलको निरीक्षण गरेका थिए ।














