Logo
Logo

यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि ट्रेकिङ गाइड तालिम



काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई ट्रेकिङ गाइड तालिम प्रदान गरिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपीद्धारा संयुक्तरूपमा सञ्चालित परियोजना जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) तथा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

३५ दिनसम्म चलेको तालिममा २५ जना यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको सहभागिता रहको बोर्डले जनाएको छ ।

तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि संचालित यो कार्यक्रम आफैँमा ठूलो सन्देश भएको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले यो तालिमले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका लागि रोजगारीको नयाँ अवसर खोल्ने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्