Logo
Logo

सिटिजन्स बैंकको नाफा दुई अर्ब २१ करोड



काठमाडौं । सिटिजन्स बैंकले गत वर्ष करिब साढे २ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब २१ करोड ४४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा बैंकले २ अर्ब ५६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकले १०.४१ प्रतिशत बढी नाफा गरेको हो ।

बैंकको वितरण योग्य नाफा एक अर्ब ३ करोड रुपैयाँ रहेको छ । १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंकको जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ छ ।

बैंकले गत आर्थिक बर्षमा एक खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरि ५ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।

बैंकको प्रति सेयर आम्दानी बढेर १५.५९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको समाप्तिमा १४.१२ रुपैयाँ मात्रै थियो । बैंकको नेटवर्थ १५०.०८ रुपैयाँ छ । आधार ब्याजदर १०.५१ प्रतिशत रहँदा स्प्रेड दर ४ प्रतिशतमा झरेको छ । सिटिजन्स बैंकको सीडी रेसियो भने ८२.४० प्रतिशत रहेको छ ।

तथ्याङ्क अनुसार बैंकको खराब कर्जा ३.१९ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको एनपीएल २.२२ प्रतिशत थियो । यस्तै, बैंकको सीडी रेसियो ८२.४० प्रतिशतमा झरेको छ । बैंकको लागत ८.३४ प्रतिशत र आधार दर १०.५१ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्