
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् ।
स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा हत्या गरिएको अवस्थामा फेला परेको हो ।
अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
प्रवक्ता सिंहका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।














