Logo
Logo

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट


1.3k
Shares

काठमाडौं । हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

यसअघि पर्यटन व्यवसायीले हवाई सेवा महँगो हुने भएको भन्दै सरकारले गरेको प्रावधान सच्याउन पटक–पटक माग गरेका थिए । तर, आफुहरुको माग सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य हुनुपरेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए ।

सरकार र निजी व्यवसायीको सहकार्यले मात्र पर्यटन क्षेत्रको दिगो विकास हुने नाट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्