काठमाडौं । थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना भएको छ ।
थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन् । गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार गरिरएको डिएसपी अधिकारीले बताए ।
गाडि सडकबाट खसेर भीरको बीचमा अड्किएको उनले बताए । थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगिसकेको उनले बताए ।














