Logo
Logo

दक्षिण सुडानमा कार्यरत नेपाली सैनिकको मृत्यु




काठमाडौं । दक्षिण सुडानमा कार्यरत एक नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । शेर गणको १२ डफ्फाका अमल्दार रामबहादुर बाँठाको बिहीबार मृत्यु भएको हो ।


सुडानको रुम्बेकस्थित भेहिकल वर्कशपमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । जाजरकोटको खलङगा स्थायी घर भएका उनले आत्महत्या गरेको प्रारम्भिक छानबिनमा खुलेको छ ।

हाल उनको शव पोष्टमार्टम प्रक्रियामा रहेको र त्यसपश्चात नेपाल ल्याइने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्