Logo
Logo

ओलीको टिप्पणी- कांग्रेस माओवादीको ढाकर बोकेर लुरुलुरु हिँडेकाे छ


882
Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा बोल्ने नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्र पक्ष र भ्रष्टाचार बिरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् । उनले अहिले माओवादीको ढाकर बोलेर कांग्रेस लुरुलुरु हिड्नुपरेको तर्क गरे ।

त्यस्तै, अध्यक्ष ओलीले यसअघि पार्टी एकीकरण गरेपनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरेपनि वास्तविक रुपमा एकता नभएको र तत्कालीन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको उनले दावी गरे । ओलीले पार्टी र सरकारमा व्यवधान भएपनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दावी गरे । ओलीले एमालेसँग मुलुक बनाउने सही बिचार भएकाले पुनः ठूलो पार्टीमा फर्कने दावी गरे । उनले मौलिक राष्ट्रियधारको प्रतिनिधि एमाले भएकाले देशको अस्तित्वका लागि पनि एमाले हार्न नमिल्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले बिभिन्न जनसंगठनहरु पुनर्गठन भएपनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्