
रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाने भएका छन् । लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।
लुम्बिनीबाट संघ, प्रदेशका सांसदहरू र स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई सामुहिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
एमाले अध्यक्ष ओली ११ बजे कार्यक्रममा पुग्ने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले साउन १३ र १४ गते चल्ने यो प्रशिक्षणमा ५ सय जना सहभागी हुने जनाए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अपनाउनुपर्ने रणनीति र आगामी योजनाका विषयमा प्रशिक्षण केन्द्रित हुने उनले बताए ।














