Logo
Logo

हुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र बुझ्न पुगे सुरक्षाकर्मीको टोली


693
Shares

सुर्खेत । हुम्लाको बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । सर्केगाडका तीन गाउँमा शुक्रबार रातिबाट गएको पहिरोले पु¥याएको क्षतिको अवस्था बुझ्न शनिबार दिउँसा तीनै निकायका सुरक्षाकर्मी पुगेका हुन् ।

रिप गाउँमा बाढीको जोखिम बढ्दै गएको स्थानीयले बताएका छन् । स्थानीय मानबहादुर थापाले भने, ‘बाढीपहिरो गाउँमा पसेको छ । जोखिममा रहेका बस्ती पहिचान गरेर स्थानान्तरण नगरे ठूलो मानवीय क्षति हुन्छ ।’

फाइल फोटो

बस्तीको माथिल्लो भागबाट पहिरो जान सुरु गरेको उनको भनाइ छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख भिमप्रसाद ढकालले करिब २ सय १० घरधुरीका ७ सय जना बाढीपहिरोको उच्च जोखिममा रहेको बताए ।

प्रदेश सरकारका कानुनमन्त्री कृष्ण जिसीले सुरक्षाको टोलीको अपडेटलगत्तै राहतको सामग्री लिएर आफ्नो टोली सर्केगाड जाने बताए । जोखिममा परेका नागरिकको उद्धारसँगै स्थानान्तरण गर्न सुरक्षाको टोलीलाई निर्देशन दिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्