
काठमाडौं । समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरुले पनि मोर्चाको घोषणा गर्दैछन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थी मोर्चा घोषणाको तयारी गरिएको छ ।
च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा आज विहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्ने छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द सहभागी हुनेछन् ।














