Logo
Logo

सुन तस्कर प्रकरण : भियना होटल सञ्चालक छिरिङ पक्राउ


11.2k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पासभएर बाहिरिएको अवस्थामा बरामत गरेको एक क्विन्टल सुन प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् ।

राजश्व अनुसन्धान विभागको टोलीले आज बिहान होटलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही कागदात र उक्त प्रकरणमा र्सलग्नता पुष्टि हुने सामग्री बरामद गर्दै छिरिङलाई नियन्त्रणमा लिएको हो ।

छिरिङ पक्राउ परेसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ जना पुगेको छ । विभागको टोलीले होटलबाट एक जना नेपाल मुलका बेल्जियम नागरिक छिरिङको हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग कनेक्सन पाइएपछि पक्राउ गरेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्