Logo
Logo

सरकारको भ्रष्टाचारविरोधी अभियानमा साथ दिन प्रधानमन्त्रीको आह्वान


630
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार जनताको अवस्था बदल्न गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको धारणा राखे । सरकारको कदमले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ दिन पनि आह्वान गरे । सरकार गठनको ७ महिनाको अवधिमा हासिल भएका उपलव्धीहरुले जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित भएको बताउँदै उनले भने, ‘सरकारको भ्रष्टाचारविरुधी अभियानमा ढृडतापूर्वक साथ दिन म सबै जनतालाई आग्रह गर्दछु ।

उनले माधव प्रसाद मरहठ्ठाले नेपालको कम्युनिस्ट आन्दोलन एवं मुख्यतः गोरखामा कम्युनिस्ट विचारको बिजारोपण एवं जनयुद्धको तयारी, घोषणा, विकास र क्रान्तिको शान्तिपूर्ण रूपान्तरणको यात्रामा गरेको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्