Logo

राजश्व समूहका कर्मचारी प्रदेशमा समायोजन नहुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौँ, ३ माघ । राजश्व समूहका कर्मचारीको प्रदेश र स्थानीय तहमा समायोजन नहुने भएको छ । उनीहरुलाई संघमा मात्र राखिने भएको छ ।


राजश्वका कर्मचारीलाई संघमा मात्र राख्न सरकारले प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयकै प्रस्तावमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रक्रिया अघि बढाएको हो ।
नेपाल सरकारलाई प्राप्त हुने अधिकांश राजस्व परिचालनको अधिकार संघमा रहेको तथा अहिले संघमा राजस्व समूहका जनशक्ति अपर्याप्त भई रहेकोले राजश्व व्यवस्थापनमासमेत समस्या पर्ने सक्ने भन्दै अर्थ मन्त्रालयले समूहका सबै कर्मचारी संघमै समायोजन गर्न मन्त्री स्तरीय निर्णयको पत्र सामान्य प्रशासनलाई पठाएको हो ।

पत्रमा भनिएको छ, ‘प्रदेशस्तरमा सो समूहको ज्ञान, शीप तत्कालका लागि आवश्यक परेमा संघबाट काजमा खटाइने छ साथै भविष्यमा तत् तत् तबाट पदपूर्ति गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने ९।२९ मा मन्त्रीस्तरबाट निर्णय भएको ब्यहोरा निर्णयानुशार अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्