Logo
Logo

गृह मन्त्रालयको प्रवक्तामा भट्टराई




काठमाडौं । सहसचिव नारायण प्रसाद भट्टराईले गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका छन् । गत शुक्रबारदेखि उनले सो जिम्मेवारी सम्हालेका हुन् ।


यसअघि प्रवक्ता रहेका जितेन्द्र बस्नेतको काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले सो जिम्मेवारी पाएका छन् ।


सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक थिए । गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । भट्टराई गृहमन्त्री नारायणकाजी श्रेष्ठका निकटस्थ सहसचिव मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्