
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद् अवरोध गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलले ठोस निष्कर्ष दिन नसकेको भन्दै एमालेले आज संसद् चल्न नदिने भएको हो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि बालुवाटारमा छलफल भएको थियो । सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । सुन प्रकरणमा भरिया पक्राउ गर्ने र मालिक उम्काउने काम भइरहेको उनले बताए । ‘क्विन्टल सुन प्रकरणको छानबिन नभएसम्म सदनको अवरोध कायमै रहन्छ ।’ उनले भने ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भएको बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे पनि कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।
आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अहिलेसम्म बस्न सकेको छैन।














