Logo
Logo

धादिङका वडा अध्यक्ष काठमाडौंको जुवाघरमा समातिए




काठमाडौं । नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडा अध्यक्ष समेत छन् ।


उनीहरुबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ । आइतबार राती प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुले टोखा नगरपालिका वडा नम्बर ९ स्थित सेती गंगा गेष्ट हाउसको पाँचौ तलामा छापा हानी जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने १२ मध्ये एक वडा अध्यक्ष समेत छन् । धादिङको निलकण्ठ नगरपालिका–५ का वडाअध्यक्ष राम श्रेष्ठसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।


गेष्ट हाउस सञ्चालक बैतडीका राजेन्द्र प्रसाद जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनैले त्यहाँ जुवा खेलाएका हुन् । त्यस्तै, बैतडीकै सूर्य भट्ट, कालो सिंह धामी, राजेन्द्र बहादुर थापा, रोल्पाका सरोज खत्री, दाङका धिरज शाह, कैलालीका जयबहादुर ढुंगेल, दोलखाका करिण थापा र विश्वनाथ कार्की, गोरखाका अर्जुन गुरुङ र काठमाडौंका अंजित रिजाल पक्राउ परेका छन् । पक्राउ परेकालाई जुवा सम्बन्धि कसुरमा सात दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्