Logo
Logo

कोशीमा सरकार गठनका लागि दिएको समय आज सकिँदै


441
Shares

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज (मंगलबार) सकिँदैछ ।

प्रदेश प्रमुख परशुराम खापुङले गत शुक्रबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका हुन् । उक्त समिय आज सकिन लागेको हो ।

यसअघि मुख्यमन्त्री बनेका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न गत बिहीबार आदेश दिएको थियो ।

सत्तारुढ गठबन्धनले बहुमत पु¥याएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ मत जुटाएर मुख्यमन्त्रीका लागी दाबी गर्ने तयारी गरेका हुन् ।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पु¥याउन सहमत भएका थिए ।

कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्र (सभामुखसहित) का १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् । प्रमुख प्रतिपक्षीतर्फको नेतृत्वमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्