Logo
Logo

संसदको अवरोध हटाउन सभामुखले प्रचण्ड र ओलीलाई छलफलमा बोलाए


882
Shares

काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेले आज (मंगलकार) पनि अवरुद्ध गर्ने खडान कायम राखेपछि सभामुख देवराज घिमिरिेले जारी अवरोध हटाउन पहल गरेका छन् ।

सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग फोन वार्ता गरेर सदन सुचारु गराउन आग्रह गरेका थिए ।

सभामुख घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् । सभामुख घिमिरेले पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई स्मरण गराएका थिए ।

सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए । छप्लफमा कुनैपनि सहमति हुन नसकेपछि संसद बैठक नै नबसी सुचना टास गरी आज दिउाँसे १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्