
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने भएको छ ।
कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएपछि नाउपा सरकारमा जाने भएको हो ।
नागरिक उन्मुक्तिका नेता रेशम चौधरीले आज बिहान प्रधानमन्त्रीसँगको छलफलपछि उक्त सहमति भएको बताए । बुधबार संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नाम टुंगो लगाइने उनले बताए ।
‘पार्टीले कृषि मन्त्रालय, एक राज्यमन्त्री, उपसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने भएको छ । भोलि बैठक बसेर नाम टुंगो लगाइनेछ,’ उनले भने ।
यसअघि साउन ८ गते नै नाउपा सरकारमा जाने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि उ सरकारमा सहभागी भएको थिएन ।














