Logo
Logo

सत्ता लाेभमा कांग्रेसले सभामुखलाई राजीनामा गराउनु अमर्यादित : एमाले


3.7k
Shares

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशसभाका सभामुखलाई राजीनामा गर्न लगाउनु अमर्यादित भएको आरोप लगाएका छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सत्तामा जान सभामुखलाई राजीनामा गराएर कांग्रेसले अमर्यादित खेल खेलेको आरोप लगाएका हुन् ।

उनले भने, ‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जान खोज्दैछ । तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस छैन ।’

तर, केही समयपछि सच्चिएर कांग्रेस एमालेसँगसँगै अघि बढ्ने अवस्था आउने उनको भनाई थियो । कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्