Logo
Logo

उपत्यकामा नयाँ नियमः डेरावालको सबै विवरण घरधनीले प्रहरीलाई बुझाउनुपर्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ पुस ।

घर धनीले डेरामा बस्नेहरुको विवरणमा प्रहरीमा बुझाउनुपर्ने भएको छ । अपराध नियन्त्रणका लागि गृह मन्त्रालयले मंगलबार यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरी क्षेत्रमा घरभाडामा लिने व्यक्ति तथा संस्थाको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यका लगायत देशका मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैति, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधि गर्ने गरेको पाइएकोले न्यूनीकरणका लागि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

यसका साथै स्थानीय इलाका प्रहरी कार्यालयलाई बुझाइएको सो विवरण प्रहरी इकाइले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।
खासगरी पछिल्लो समय चिनियाँहरुले काठमाडौंमा दर्जनौं घर भाडामा लिएर अपराध गरेको खुलेपछि यस्तो निर्णय गृहले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्