Logo
Logo

केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने माओवादीको निर्णय


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ । आज बिहान पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नभगर्ने निर्णय गरेको हो ।

पार्टीभित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्