Logo
Logo

केन्द्रीय समिति विस्तार गरेर ४०७ सदस्यीय बनाउने माओवादीको तयारी


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । आज बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो ।

हाल माओवादीमा ३८५ सदस्यीय केन्द्रीय समिति रहेको छ । त्यसलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने माओवादीले तयारी हो । समिति विस्तारका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ ।

केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्