
काठमाडौं । नेकपा एमालेले लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिन माग गरेको छ।
बुधबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गर्दै एमाले काठमाडौं महानगर कमिटीले देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी किसानलाई राहत दिन सरकारसँग माग गरेको हो । लम्पी स्किनका कारण देशभर गाई–गोरू मर्ने क्रम बढ्दो छ।














