Logo
Logo

काठमाडौंका पाँच टोले गुन्डा पक्राउ




काठमाडौं । पैसा माग्दै सर्वसाधरणलाई कुटपिट गर्ने पाँच टोले गुन्डा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बौद्ध क्षेत्रमा सक्रिय गुन्डाहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोकका श्यामबहादुर लामा, गोविन्द गजमेर, प्रविण तामाङ, भिमबहादुर बस्नेत र रामेछापका बिक्की लामा छन् । उनीहरुको केही स्थानीय प्रहरीलाई समेत प्रभावमा पारी पैसा माग्ने र नदिए कुटपिट समेत गर्दै आएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्