Logo
Logo

ललितानिवास जग्गा प्रकरणका दुई आरोपी रिहा


36.5k
Shares

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोको नियन्त्रणमा रहेका दुई आरोपी रिहा भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यका अनुसार सिद्धिका खेतान र रमेशकुमार पोखरेल हाजिरी जमानीमा रिहा भएका हुन् । ललितानिवास क्याम्पभित्रको जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएकी खेतान र समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल बुधबार हाजिरी जमानीमा रिहा भएका हुन् ।

ललितानिवास क्याम्पभित्र ७ आना ३ पैसा जग्गा पाएकी सिद्धिका खेतानले आफ्नो नाममा रहेको जग्गा सरकारको नाममा फिर्ता गर्ने भन्दै मालपोत कार्यालय, गृह मन्त्रालय, केन्द्रीय अनुसन्धान ब्यूरो लगायतमा निवेदन दिएपछि सरकारी वकिल कार्यलय काठमाडौँले हाजिरी जमानीमा छाडेको हो ।

त्यस्तै, काठमाडौं जिल्ला अदालतले समरजंग कम्पनीका तत्कालीन प्रमुख पोखरेललाई पनि हाजिरीमा राख्ने गरी रिहा गरेको छ । बुधबार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालत लगिएका पोखरेलको हकमा अदालतले म्याद थप गर्न अस्वीकार गर्दै उनलाई तारेखमा राखी अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्