Logo
Logo

कृष्णबहादुर महराको प्रष्टिकरण : सुन तस्करीमा म संलग्न छैन


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्न नभएको बताएका छन् ।

पछिल्लो पटक त्रिभुवन विमानस्थलको भन्सारबाट जाँच पास भएर बाहिरिएको अवस्थामा बरामत गरिएको एक सय किलो सुन प्रकरणमा आफ्नो नाम जोडिएको बारे उनले उक्त प्रकरणमा आफ्नो कुनैपनि तवरबाट संलग्नता नरहेको प्रष्टिकरण दिएका हुन् ।

चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् ।उनले सो प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् ।

‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस्