Logo
Logo

रवि लामिछानेले भोटका लागि सस्तो राजनीति गरे : शंकर पोखरेल


2.5k
Shares

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटको लागि सस्तो राजनीति गरेको आरोप लगाएका छन् ।

रास्वपाले बुधबार चितवनमा महिलाका लागि मात्र निःशुल्क बस सञ्चालन गरेको विषय उठाउँदै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेको भोटका लागि सस्तो राजनिति गरेको बताएका हुन् ।

सभापति लामिछानेले उपनिर्वाचनको सय दिन पुरा भएको अवसरमा बुधबार चितवनमा महिलाको लागि मात्र भन्दै ब्लुबस सञ्चालनमा ल्याएका थिए । सोही विषयलाई लिएर महासचिव पोखरेलले नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? भन्दै जिज्ञासा उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्