Logo
Logo

जनकपुरका नीजि अस्पताललाई ५ दिन भित्र स्वास्थ्य शुल्क बिवरण पेश गर्न निर्देशन


756
Shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले नीजी अस्पतालले लिने शुल्कको बिवरण बुझाउन निर्देशन दिएको छ ।

जनकपुर हाता भित्रका सबै अस्पतालले ५ दिन भित्र लिने गरेको शुल्कको बिवरण बुझाउन निर्देशन दिएको हो ।

‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पुर्ण नीजि स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पुर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ बरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ ।

उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पुर्ण बिवरण पेश गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्